वीरगंज – नेपालमा जागिर गर्न चाहनेहरुको मुलतः ३ वटा समस्या छ। एक, जागिर पाइदैन्। दुई, पाएपनि भनेजस्तो पाइदैँन्। अनी तीन, भनेजस्तो पाए पनि सन्तुष्टि गर्न लायक तलव पाइँदैन्। त्यसैले लाखौं नेपाली विदेश पलायन भएका छन्। लाखौँ नै बिदेशीने तयारीमा पनि छन्।
वीरगंजका जंगबहादुर पटेल (३१) भने स्वदेशकै तलवमा जागिरबाट सन्तुष्ट छन्। वीरगंज–२७ उदयपुरघुर्मीका उनी नेपालमै खुशी छन्। ‘विदेशभन्दा अलि कम कमाई भइरहेको होला,’ जंगबहादुर भन्छन्, ‘परिवारसँग बस्दा पाइने खुशीको अगाडि पैसाको खासै महत्व लाग्दैन।’
उनी २०५८ सालमा वैवाहिक जीवनमा बाँधिए। स्वभाविक हो, बिवाहपछि जिम्मेवारी बढ्छ। परिवारको जिम्मेवारी काँधमा परेपछि उनले जागिर खोज्न थाले। २०६० सालमा उनले मजदुरी शुरु गरे। निम्बसको प्रोबायटेक इण्डष्ट्रिज प्रालिमा उनी दैनिक ज्यालादारीको काम पाएका थिए उनले।
पछि सोहि ठाँउमा स्थायी मजदुर बने। अहिले सिप सिकेर अपरेटरको रुपमा काम गरिरहेका छन्। शुरुमा महिनाको २५ सय रुपैयाँमा काम गरेका जंगबहादुर महिनाको २७ हजार सम्म आर्जन गर्छन्। ‘ दैनिक २ घण्टासम्म काम गर्छु,’ जगंबहादुर सुनाउछन्, ‘आफ्नो जिन्दगीदे एकदम खुशी र सन्तुष्ट छु।’
काम हैन पुजा
काम सानो वा ठुलो हुदैन्। कामको आदर गर्न जान्ने मान्छे सफल हुन्छ भन्ने भावनाबाट प्रेरित छन्, जंगबहादुर। उनी भन्छन्, ‘जसले कामलाई आदरका साथ पूजा हो भनेर ठान्छ, त्यसको जीवनको रंग फेरिन्छ।’
काम गर्ने उद्योग जंगबहादुरको घरबाट ६ किलोमिटर पर छ। पन्ध्र वर्षदेखि दिनहु साइकल पेलेरै त्यहासम्म पुग्छन्, उनी। त्यहाँ पुग्न उनलाई करिव आधा घण्टा लाग्छ। विहान ६ बजे उद्योगमा हाजिर हुनुपर्छ उनलाई। त्यसैले साढे चार बजे नै ओछ्यान छाडिसक्छन्। ‘कामप्रति सर्मपण भएन भने जागिर दिने मान्छेले पनि पत्याउदैन्,’ जंगबहादुरले भने, ‘फोकटमा दिन कटाएर कमाएको पैसा टिक्दा पनि टिक्दैन।’ उनी आफैँ पनि स्वास्थ्यले साथ दिएसम्म एकदिन पनि गागिर नछुटाउने बताउछन्।
जागिरबाटै नोकरीबाट ३० लाखको सम्पति जोडिया
‘५ जनाको परिवार राम्रैसंग पालेको छु, छोरालाई पढाउँदै छु,’ जागिर खाएर के–के गर्नुभयो भन्ने प्रश्नमा जंगबहादुर भन्छन्, ‘३० लाखको सम्पति पनि जोडेको छु।’ जागिर शुरु गर्नुअघि बुवाले आर्जेको १० धुर जग्गा थियो। अहिले आफैँले कमाएर अर्को जग्गा किनेका छन्, १९ लाख रुपैयाँमा १३ धु। करिब १० लाख रुपैयाँ बैंकमा वचत छ। उनको प्रगति देखेर छिमेकीहरु डाह गर्छन्।
फजुल खर्च गर्न रुचाउदैनन् जगंबहादुर । यही बानीको कारण महिनाको २७ हजारमध्ये करिव १४ हजार वचत गर्छन्। ‘मेरो नाराम्रा बानी केही छ्रैन्,’ जगंबहादुर गर्वसाथ सुनाउछन्, ‘घरखर्च धानेर बचेको सबै पैसा बैंकमा हाल्छु।’ बैंकमा राखिएको पैसा पनि उनी पारिवारिक सल्लाहपछि मात्र चलाउछन्।
सानो परिवार सुखी परिवार
जंगबहादुरको परिवारमा ५ सदस्य छन्। बुवा रामराज राउत कुर्मी, आम जगीया देवी। पत्नी रीमा देवी। ११ वर्षिया छोरा कृष्ण पटेल। अनि जगंबहादुर आफुँ। परिवार धान्न उनलाई महिनाको करिव १३ हजार भए पुग्छ। यद्दपी उनको घरमा सबैथोक किनेर नै ल्याउनुपर्छ। ‘परिवारलाई चहिने कुरा मात्र किनेर ल्याउछौ,’ वचत हुनुको कारण प्रष्ट्याउदै जंगबहादुर भन्छन्, ‘तडकभडकको जीवनशैली चाहिदैन मेरो परिवारलाई।’ आफ्नो परिवारको स्वास्थ्यप्रति सचेत उनी स्वस्थकर खाना र सरसफाईप्रति खुबै ध्यान दिन्छन्। त्यसैले उनको परिवारको औषधि खर्च पनि धेरै छैन्।
सकभर पाएको बिदा पनि बस्दैनन्
जंगबहादुरलाई आफ्नो नोकरी निकै प्यारो लाग्छ। त्यती प्यारो उद्योग पनि। त्यसैले आवश्यकता पर्यो भन बिदाको दिन पनि उद्योग सहजै उद्योग जान्छन्। वर्षमा १३ वटा सार्वजनिक विदा र साढे २६ वटा व्यक्तिगत विदा मध्ये उनी मुस्कीलले एक साता विदा बस्छन्। यसरी वर्षमा विदा नबसेवापतको रकम एकमुष्ट बुझेर आवश्यक खर्च गरी बैंक खातामा जम्मा गरिदिन्छन।’
कुराकानीको अन्त्यमा उनले हास्दै भने, ‘एक दिन घरे बैठेके मन ना करेला। ना खेती बा, ना पाती। कमाएके बा, खाएके बा ।’ अर्थात, एकदिन घर बस्न मन लाग्दैन्। न खेती छ, न पाती। कमाउनु छ, खानु छ।