वीरगंज – वीरगंजको औद्योगिक घाराना चाचान समुहले बाराको एक विद्यालयलाई ५ लाख नगद सहयोग गरेको छ। परवानीपुर गाउँपालिका वडा नं २ रामपुरटोकनीस्थित जनता माध्यमिक माविलाई सहयोग गरिएको हो। बारको चैनपुरमा आयोजित एक कार्यक्रमवीच समुहका अध्यक्ष बाबुलाल चाचानले परवानीपुर गाउपालिकाका अध्यक्ष हरिनारायण साह र विद्यालयका प्रधानाध्यापक बालिराम प्रसाद सर्राफलाई संयुक्त रुपमा चेक रकम हस्तनान्तरण गरे।
विद्यालयले यसै शैक्षिक सत्रदेखि सञ्चालनमा ल्याउन लागेको बाली विज्ञान (जेटिए) को तीन वर्षे कोर्ष पढाईको लागि उद्योगले नगद सहयोग गरेको हो। कोर्ष सञ्चालन गर्न शुरुमा ३० लाख नगद चाहिएकोमा विद्यालयसंग २० लाख रहेको र थप १० लाख आवश्यक परेको हुदाँ विद्यालयले रुगटा र चाचान समुहसंग ५–५ लाखको नगद सहयोगको प्रस्ताव राखेको थियो। दुबै समुहले स्थलगत अवलोकन गरी विद्यालयको वातावरण र सम्भावनाको बारेमा निरीक्षण गरी सहयोग गरिएको चाचान समुहका अध्यक्ष बाबूलाल चाचानले बताए। रुगंटा समुहले पनि सहयोग गर्ने आश्वासन दिइसकेको बताइएको छ।