काठमाडौँ, २४ पुस। नायक कर्मा शाक्यले चलचित्र ‘गरुड पुराण’मा दुई भूमिका निर्वाह गरेका छन्। चलचित्रमा उनको भूमिकाले दर्शकलाई उत्सुकता जगाउने निर्माण पक्षको दावी छ।
गरुड पुराणमा कर्माले २५ वर्षीय युवा प्रेमी र ६० वर्षे प्रौढ व्यक्तिको भूमिका निर्वाह गरेका छन्। बक्स अफिसमा असफल भए पनि कर्माको अभिनय र फरक गेटअपले भने दर्शकलाई उत्सुकता जगाउने छ। निर्माण पक्षले सार्वजनिक गरेको कर्माको तस्बिरले पनि दर्शकलाई चकित बनाएको छ।
सुवास कोइरालाले यस चलचित्रको निर्देशन गरेका हुन्। चलचित्रमा कर्माकाे भूमिकाप्रति आफु सन्तुष्ट रहेकाे निर्देशक कोइरालाले बताएश्र
कमेडी कथामा निर्माण भएको उक्त चलचित्रमा कर्माका साथै नाजिर हुसेन, प्रवीण खतिवडा, कामेश्वर चौरासिया, लुनिभा तुलाधार, प्रियङ्का सिंह, कमल देवकोटा लगायतकाको अभिनय छ।