काठमाडौँ – शिक्षासेवी एवम् युवा उद्यमी नारायण रेग्मी सम्मानित भएका छन्। न्युजलाईन्स मिडियाको दोश्रो वार्षिकोत्सब समारोहको अवसरमा शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु्रयाएको भन्दै सम्मान गरिएको हो।
रेग्मीलाई पूर्व प्रधानन्यायाधिस एवम् मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले सम्मान गरेका थिए। त्यसैगरि, कार्यक्रममा रेग्मीसहित विगत लामो समयदेखि देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा संलग्न रहि योगदान पुर्याउदैँ आएका नेपालीहरुलाई सम्मान प्रदान गरिएको थियो।
को हुन नारायण रेग्मी?
न्युजलाईन्स मिडियाको दोश्रो वार्षिकोत्सब समारोहको अवसरमा शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु्रयाएको भन्दै सम्मानित भएका रेग्मी विण्डो नेपाल एजुकेशन सेन्टरका प्रबन्ध संचालक तथा एजुकेशन फाउण्डेसनका संस्थापक हुन।
तनहुँ स्थित भानु नगरपालिका पुर्कोटमा जन्मिएका रेग्मी लामो समयदेखि शिक्षा क्षेत्रमा लागिरहेका छन्। नेपालमा पहिलो पटक पे ब्याक स्क्लरशिप संचालन गर्दै उनले उच्च शिक्षाबाट बन्चित नेपाली युवाहरुलाई नविन अवसर सिर्जना गरेका छन्।
उनले शुरुवात गरेको पे ब्याक स्क्लरशिपबाट हालसम्म २ दर्जन युवाहरु लाभान्वित भएका छन्।