काठमाडौँ – तेजु परियार र देवी घर्तीको स्वरमा समावेश पञ्चेबाजा ‘मायाले बोले हुन्थ्यो क्यारे ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। अनिल खनालको शब्द तथा संगीत रहेको उक्त गीतको भिडियोमा रमेश थापा, सुरु गिरी, अनिल खनाल र रुसा तामाङको मुख्य अभिनय रहेको छ।
गीतको भिडियो बिहेको माहैलमा घन्किने गीत रहेको छ। मौसम हिमालीले निर्देशन गरेको भिडियोमा करण चौसिरको छायांकन र मनोज खत्रीको सम्पादन रहेको छ।
भिडियाे हेर्नुहाेसः
https://youtu.be/PctzEhRXJVg