काठमाडाैँ – फुलेर फूल, अरुले भन्दा, तिम्रो हातमा , जस्ता गीतका गायक प्रनिम राईले आफ्नो नयाँ गीत सुनसान रातमा सार्वजनिक गरेका छन् । हाल अमेरिका रहेका गायक प्रनिमले आफ्नो व्यस्त समयको बावजुद पनि गीत संगीतमा निरन्तर अघि बढिरहेका छन्।
सेन्टिमेन्टल पप भर्सनको सुनसान रातमा बोलको गीतमा शब्द र संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ भने स्वर प्रनिम राईको रहेको छ। गीतको एरेन्ज्मेन्ट मोहित मुनालले गरेका हुन्।गीतको भिडियोमा प्रियंका कार्की , निराजन प्रधान र बालकलाकार आर्सिनाको अभिनय रहेको छ।
नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका हुन्। गम्भीर बिस्टको निर्देशनमा गीतको भिडियो तयार पारिएको हो।
भिडियाे हेर्नुहाेस्:
https://www.youtube.com/watch?v=6e102RuxfvM