काठमाडौँ, २६ पुस। चर्चित गायक राजेशपायल राईको ‘माया हजुर’ गीत सार्वजनिक भएको छ। गीतमा गायक राजेशपायल र गायिका सुनिता थेगिमको आवाज रहेको छ। लोकगीत ‘माया हजुर भिडियोसहित सार्वजनिक भएको हो ।
यस गीतमा पूर्वेली कला र संस्कृतिबारे वर्णन गरिएको छ। यस गीतमा राजेशपायल र सुनिताको अभिनय रहेको छ। सुमाया राईको शब्द रहेको यो गीतमा डीआर अटुको संगीत रहेको छ। राजु कार्कीले एरेन्ज गरेको यस गीतलाई अर्जोन लिम्वूले छायाङ्कन गरेका छन्। मनोज राईको सम्पादन रहेको यस गीतलाई केदार राईले कलर गरेका छन्।
https://youtu.be/2BdDRFtMq3M