काठमाडौँ– चर्चित गायिका विष्णु माझी र अशोक बिकको स्वरमा ‘अनुसन्धान’ बोलको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ। सागर रेग्मीको शब्द रहेको उक्त गीतमा किशोर खत्रीको लय रहेको छ।
डि.आर सुजनकाे निर्देशन रहेकाे भिडियोमा मोडल किशोर खत्री, आयुष्मा कार्की, लक्ष्मी गिरी, विविषा पोखरेल, राजु गैरे, कृष्ण पहाडी, मनिकुमार राई, हुक्का दादा र सुनिता वाईवा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
रेशम दर्लामी र दीपक गिरीले छायांकन गरेको गीतलाई अमृत चापागाइँले सम्पादन गरेका हुन्। बुधबार सो गीतलाई धुन नेपालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/wSpDG3n1E8w