काठमाडौँ – गायक प्रमोद खरेलको आवाजमा एलिसा मगरको ‘धोका’ बोलको नयाँ आधुनिक गीत सार्वजनिक भएको छ। यस गीतका संगीतकार हरि थापा हुन्।
अभिनाश डिसीले सम्पादन गरेको भिडियोलाई गौतम शेर्पाले निर्देशन गरेका हुन्। भिडियोमा बुद्धबीर थापा, बिरज बास्कोटा र उषा सुवेदीको अभिनय रहेको छ।
तिलक रिजालले छायांकन गरेको भिडियोलाई रेलिमाई टिभी नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियाे हेर्नुहाे्स्:
https://youtu.be/e7mereCkO2E