काठमाडौँ – गायिका अञ्जु पन्त र गायक मेक्सम खातीको स्वरमा ‘यो जुनीमा’ बोलको गीत सार्वजनिक भएको छ। बाबुराम बोहराको शब्द रहेको गीतमा नरेश खाती क्षेत्रीको संगीत रहेको छ। कमल सौरागले एरेन्ज गरेका छन्।
भिडियोमा गायक मेक्सम खाती र अनु पराजुलीकोे मुख्य अभियन रहेको छ। मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको ‘यो जुनी मा’को मिक्सिङ कुमार रानाले गरेका हुन्। बाबुराम बोहराको निर्देशन रहेको भिडियोमा बिपिन चौलागाइँको छायाँकन र दुर्गा पौडेलको कोरियोग्राफी रहेको छ।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/n3HPes2aFbk