काठमाडौँ – देउकृष्ण देवान लिंखा याक्खाले निर्देशन गरेको म्युजिक भिडियो ‘तिमी डुब्यो कि मेराे प्रेममा’ सार्वजनिक भएको छ। गीतमा चर्चित गायिका अञ्जु पन्त र गायक उत्तमजङ लिम्बु लावतीको स्वर रहेकाे छ। तारेभीर चलचित्रका निर्माता तथा सहायक निर्देशक देवानको यो चाैँथो म्युजिक भिडियो हो।
गीतकाे शब्द हेनसेन याक्खाको र संगीत उत्तमजङ लिम्बु लावतीको रहेको छ। संगम स्टुडियोमा रेकर्ड गरिएको गीतको व्यवस्थापक सञ्जिव सुब्बा हुन् भने रेकर्डिङ तथा मिक्सिङ मित्र लामाले गरेका हुन्। भिडियोमा कलाकार आयुषा लिम्बुखिम र तिलक खत्रीको अभिनय रहेको छ।
भिडियोको छायाँकन इलामकाे श्रीअन्तु, झापाको दाेमुखा र इटहरीको गोकर्ण रिसोर्ट लगायतका स्थानमा गरिएको हो। यस भिडियोलाई बुढासुब्बा डिजिटल प्रालिले सार्वजनिक गरेको हो।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/YqKDbb1PQ9E