काठमाडाैँ – गणेश सेन्चुरीकाे शब्द , संगीत र स्वरमा रहेकाे लुकीछिपी किन मायामा बाेलकाे गीतकाे भिडियाे सार्वजनिक भएकाे छ। यस गीतलाई कोबिद बज्रले म्युजिक एरेन्जमेन्ट गरेका हुन्।
भिडियोमा बुलबुल फिल्मबाट चर्चामा आएका नायक चोपेन्द्र भुषाल र मुकुन भुषाल साथै नायिका सुरबिना कार्की, मनिष तामाङ र अनु काफ्लेको अभिनय देख्न सकिन्छ। भिडियोलाई निशल पौडेलले छायांकन गरेका हुन् भने भीम विश्वकर्माले भिडियो सम्पादन गरेका हुन्। नबिन चौहानको निर्देशन र कन्सेप्टमा भिडियो तयार भएको उक्त भिडियोलाई आर्टमान्टु नेपालले निर्माण गरेको हो।
यस लुकिछिपी किन मायामा बोलको गीतको भिडियोमा छोडेर आएको पुरानो गाउँले जीवनलाई पुनः जीवित बनाउन खोजिएको छ। भिडियोमा लगभग ९० को दशकमा गाउँ घरमा गुन्जिने गरेका जीवन, माया प्रेम , खेलकुद , कृषिकर्मलाई साधारण तवरमा प्रस्तुत गर्नको लागि ठुलो मेहेनत गरेको कुरालाई प्रस्ट पारिएकाे देखिन्छ।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/hp5TqsNdiAQ