काठमाडौँ – प्रहरी निरीक्षक (इन्सपेक्टर) तथा गायक निर्मल पनेरुको स्वरमा ‘म जन्मिँदा भावी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। शीतल कादम्बिनीको रचना तथा हरि लम्सालको संगीत रहेको गीतको भिडियोमा रंगकर्मी मिलन कार्कीको मुख्य अभिनय रहेको छ।
निकेश खड्काले निर्देशन गरेको भिडियोलाई बुद्ध थापाले खिचेको हुन् भने विकास धमलाले सम्पादन गरेका हुन्। गीतको भिडियो शुक्रबार ओएसआर युट्युब च्यानलमार्फत रिलिज गरिएको थियो। यस भिडियोमा पात्रले विभिन्न समय र परिस्थितिमा भोगेको निराशाजनक अवस्थालाई भिडियोमार्फत प्रस्तुत गरिएको छ।
भिडियाे हेर्नुहाेस्:
https://youtu.be/3WjGfzamCgc