काठमाडौँ – चर्चित अभिनेत्री प्रियंका कार्की ‘कान्स फिल्म फेस्टिभल २०१९’को रेड कार्पेट समारोहमा सहभागी हुने भएकी छन्। फ्रान्सको पेरिसमा हुन लागेको कान्स फेस्टिभलमा सहभागी हुने उनी पहिलो नेपाली कलाकार हुन्।
उनले केही दिन सामाजिक सञ्जालमा ‘नेपालको प्रतिनिधित्व गरेर कान्स फिल्म फेस्टिभलमा सहभागी हुन पाउनु एकदमै गौरवको कुरा हो। मैले धेरै पहिलेदेखि देखेको सपना अब पुरा हुने भयो’ लेखेकी थिइन्।
उनी आजदेखि यो फेस्टिभलमा सहभागी हुने भएकी छन्। उनी आज मे २० देखि २४ सम्ममा चारवटा कार्यक्रममा सहभागी हुने छिन्। प्रियंकाले कान्समा आफूलाई नेपालको प्रतिनिधित्व गर्न सहयोग गर्नेहरूलाई धन्यवाद पनि दिएकी छन्।
कान्समा बलिउडबाट अभिनेत्री दीपिका पादुकोण, प्रियंका चोपडा, कंगना रनावत, ऐश्वर्या रायलगायतका अभिनेत्रीहरु सहभागी हुँदै आइरहेका छन्।