काठमाडाैँ – शरद अधिकारीको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘माया बस्छ कि के हो’ को घोषणा भएको छ। जनकपुर मिडिया हाउस प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको निर्देशन राजु अधिकारीले गर्ने भएका छन्।
चलचित्रको छायांकन असारको दोश्रो साताबाट शुरु हुने भएको छ। बहादुरसिंह तामाङ, कृष्ण गिरी कार्यकारी निर्माता रहेको चलचित्रको छायांकन रविन्द्र बरालले गर्नेछन्। आरती अधिकारीको कथा, मौनता श्रेष्ठको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगित रहने यो चलचित्रको छायांकन बेलायतमा हुने भएकाे छ।
चलचित्रमा सोनाल तामाङ, कस्मता निरौला, धु्रव दत्त, बेनी ढुंगानाको मुख्य भूमिका रहनेछ। उक्त चलचित्रका सहायक निर्देशक दिपक अधिकारी हुन्।