धनराज वास्तविक
राजनीतिक स्थिरता मुलुकको उन्नति, प्रगति र समृद्धिको मूल सर्त मध्येको एक हो। अहिले देशमा यही पृष्ठभूमिमा बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाईको सरकार छ। केपी ओली नेतृत्वको वर्तमान सरकारले पाँच वर्षसम्म शासन गर्ने पक्का छ। तर, ओली सरकारको एक वर्षकै अवधिका कामहरूबाट आमनागरिक भने ढुक्क देखिँदैनन्, जनताले जुन आशा र भरोसाका साथ नेकपालाई मत दिएका थिए।
यो एक वर्षको समयमा केही परिवर्तन र विकास भएका छन्। तर, ती परिर्वतन आमजनताका लागि भए या भएनन् ? यी प्रश्नले ठूलो अर्थ राख्छन्। आफू र आफ्नाहरूका लागि काइदा र फाइदा पुग्ने उद्देश्यले गरिएका परिर्वतन र विकासलाई आमजनताको भलाइका रूपमा प्रचार गर्नु मूर्खता हुन्छ। हालै त्रिवि सेवा आयोगले निकालेको कर्मचारी भर्नाको परिणामले पनि यही कुराको पुष्टि गर्छ।
आफन्तवाद, नातावाद, कृपावादले लोकतन्त्रको सारलाई समाप्त पार्नेबाहेक अरु केही काम गर्दैनन्। लोकतन्त्रको आवरणमा जे जति क्रियाकलाप हुन्छन्, ती सम्पूर्ण कार्यले लोकतन्त्रको आवरणलाई मात्रै बाँकी राख्छन्। २१औँ शताब्दिकाे निर्विकल्प शासन व्यवस्था लोकतन्त्रको सारसम्म जनताको जीवनलाई जोड्ने काम सरकार र राजनीतिकर्मीको हो। जनताले अनुभूति गर्ने गरी राज्यको तर्फबाट इमानदार कार्य हुनुपर्छ भने जनताको तर्फबाट कर्तव्यबोध। तर, देशमा गैरजिम्मेवारपूर्ण तरिकाले जनमतलाई धक्का पुग्नेगरी जनप्रतिनिधिहरूले बोलेको सुनिन्छ। अर्कोतर्फ जनता पनि आफ्नो कर्तव्यमा त्यति इमान्दार देखिँदैनन्।
२०७४ असोज १७ गते तत्कालीन एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी एकताको घोषणा भयो। बाबुराम स्कुले जीवनदेखि विद्यावारिधिसम्मको अध्ययनमा कहिल्यै दोस्रो भएनन्। त्यही कारणले पनि उनलाई अरुभन्दा फरक नेताका रूपमा लिने गरिन्छ। तर, माओवादीमा रहँदासम्म उनी पहिलो हुन सकेनन्।
जब राजनीतिमा गैरराजनीतिक चरित्रहरू हावी हुन थाल्छन्, तब त्यहाँ राजनीतिक संस्कारको खडेरी पर्न थाल्छ। बोली र गोली फुत्केपछि आफ्नो रहँदैन भन्ने कुरा नेपाली राजनीतिकर्मीहरूले कहिल्यै बुझ्न सकेनन्। ‘आफ्नो आङको भैँसी नदेख्नेले अरुको आङको जुम्रालाई पनि भैँसी देख्ने’ चलन अर्को महारोगका रूपमा बल्झिँदैछ। यहाँ यस्तै केही ताजा दृष्टान्तहरू पेश गर्न उचित हुन्छ।
२०७६ साल जेठ ३ गते डा. बाबुराम भट्टराईले सार्वजनिक मञ्चमा बोलेको एउटा भाषणले नेपाली सञ्चारमाध्यम एकाएक रंगियो। उनले भनेका थिए, ‘कांग्रेसलाई म्युजियममा राख्नुपर्छ, सत्ताधारी नेकपा कुहिएको फर्सी हो।’ डा.भट्टराईको उक्त तल्लो स्तरको अभिव्यक्तिले न त कांग्रेसलाई धक्का दियो, न त नेकपालाई नै। बरु उनै भट्टराईका शुभेच्छुकहरूमाथि नराम्रो झापड प्रहार गर्यो। बाबुरामप्रति सदाशयता राख्ने स्वतन्त्र मान्छेहरूले मनमनै सोचे होलान्– जुन थालमा खायो, उही थालमा थुक्यो।
गन्तव्यमा पुग्नुपहिले हिँड्नुपर्छ। हिँड्नुपूर्व कदम उठाउनुपर्छ। कदम उठाउनुपूर्व गन्तव्य तय गरिनुपर्छ। जुनसुकै गन्तव्य आफैँमा सहज र असहज भन्ने हुँदैन। बाबुरामले बिराएका तमाम बाटाहरू मानसपटलमा बुर्कुसी मारिरहेका छन्। उनीजत्तिको विद्वान्ले आफ्नो धरालत भुलेर गैरराजनीतिक र हावादारी गफ गर्नु कत्तिको उचित हुन्छ ? उनी स्वयं म्युजियमा सजिने तरखरमा थिए। उपेन्द्र यादवले त्यो अवस्था पार्टी एकीकरणमा सहमति जनाएर टारिदिएका छन्। बाबुरामले कुनै दिन उपेन्द्रले लगाएको यो गुनलाई पनि आज कांग्रेस र नेकपालाई जस्तै तल्लो स्तरको गाली गरेमा कुनै अन्यथा हुने छैन।
२०७४ असोज १७ गते तत्कालीन एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी एकताको घोषणा भयो। बाबुराम स्कुले जीवनदेखि विद्यावारिधिसम्मको अध्ययनमा कहिल्यै दोस्रो भएनन्। त्यही कारणले पनि उनलाई अरुभन्दा फरक नेताका रूपमा लिने गरिन्छ। तर, माओवादीमा रहँदासम्म उनी पहिलो हुन सकेनन्। प्रचण्डले उनलाई दोस्रोभन्दा माथि आउने मौका पनि दिएनन्। जहाँसम्म त्यसैको मनोविज्ञानबाट बरालिँदै बाबुरामले नयाँ शक्तिको दोकान खोल्न पुगे।
मार्क्सवादको औचित्य समाप्त भएको उद्घोष गर्दै बाबुरामले नेपाली राजनीतिको पुनर्गठन र मौलिक विचारको बहस गर्ने अवस्थामा आइपुगेको निष्कर्ष निकालेका थिए। त्यो युगिन कार्यभारबाट बाबुराम र नयाँ शक्तिको पतन भएको छ । त्यति मात्रै होइन, भट्टराईको वैचारिक छविको अवसान र उनमा कुण्ठित सपनाहरूको राज मौलाएको छ।
तर, तत्कालीन एमाले र माओवादी केन्द्रले बाबुरामलाई गोरखा २ बाट चुनाव लड्न नदिने देखेपछि उनी उक्त चुनावी मोर्चाबाट बाहिरिए। त्यो निर्वाचनमा सबभन्दा रोचक भिडन्तका रूपमा हेरिएको गोरखा– २ मा बाबुरामले कांग्रेसको सहकार्यमा ३१ हजार ८ सय ७ मत ल्याएर विजयी भएका थिए। निकटतम प्रतिद्वन्द्वी तत्कालीन माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले २४ हजार ९ सय ३३ मत पाएका थिए।
हाम्रो देशमा चुनावका लागि राजनीति हुन्छ। चुनावका बेला भिन्न विचार र दुई ध्रुवका वादहरू पनि नरम बन्छन्। चुनावका बेला असली कम्युनिष्ट कठोर राजावादी बन्छन्। असली राजावादीहरू असली कम्युनिष्ट बन्छन्। असली समाजवादीहरू सबै थोक बन्छन्। यो विचित्र पनि राजनीतिमा गैरचरित्रका रूपमा विकसित हुँदैछ।
मार्क्सवादको औचित्य समाप्त भएको उद्घोष गर्दै बाबुरामले नेपाली राजनीतिको पुनर्गठन र मौलिक विचारको बहस गर्ने अवस्थामा आइपुगेको निष्कर्ष निकालेका थिए। त्यो युगिन कार्यभारबाट बाबुराम र नयाँ शक्तिको पतन भएको छ । त्यति मात्रै होइन, भट्टराईको वैचारिक छविको अवसान र उनमा कुण्ठित सपनाहरूको राज मौलाएको छ। पत्रकारलाई साँढे भन्नु, कांग्रेसको मतबाट सांसद बनेका बाबुरामले कांग्रेसलाई सक्दो सराप्नु, माओवादी केन्द्रबाट प्रम बनेका बाबुरामले नेकपालाई कुहिएको फर्सी देख्नुजस्ता कुण्ठाहरू हुन् भन्न कुनै गुञ्जायस रहेन। अतः बाबुरामले अहिले नै यति गैरजिम्मेवारपूर्ण मौकाबाजीमा नउत्रेको भए उनलाई नै फाइदा हुन सक्थ्यो।
२०१५ सालपछि हुर्किंदै गरेको प्रजातान्त्रिक व्यवस्थालाई परिपक्वतासहित अघि बढाउँदै गरेका बीपी कोइरालाका अघि आफ्नो अस्तित्व नै छायाँमा पर्ने देखेर डराएका महेन्द्रले आफ्नो स्वार्थका लागि पञ्चायती व्यवस्था शुरू गरेका थिए।
उसो त बाबुरामले मात्रै कुण्ठाको राजनीति गरेका छन् भन्दा उनीमाथि अन्याय हुन जान्छ। भाषणमा अरुलाई छुद्र गाली नगरेसम्म जनमानसले ताली बजाउँदैन, यो सत्य हो। तर, जनताको स्तरलाई आँकलन गरेर नेताले भाषणमा मिजासिलो भाषा प्रयोग गर्ने हाे भने समाज र राजनीति संस्कारमा केही फेरबद पक्कै हुन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको ‘निम्छरो’ शब्द संसदको रेकर्डबाट हटाउनुपर्यो। जुन कुरा संसदीय अभ्यासको नयाँ रेकर्ड बन्यो। कांग्रेसले संसदमा उठाएका प्रश्नहरूको जवाफ होइन, प्रमले ताकेर झटारो हान्न पुगे, जसले गर्दा उनी स्वयंले आफूसमेत चिप्लिएको पत्तो पाएनन्।
हाम्रो देशमा मुश्किलले ३० वर्ष मात्रै संसदीय अभ्यास भएको छ। यूरोपियन मुलुकहरूमा कम्तिमा २ सयदेखि ८ सय वर्षसम्मको संसदीय प्रजातान्त्रिक अभ्यास गरिरहेका छन्, जहाँ हाम्राे संसदमा हुने गरेका जस्ता तल्लोस्तरका क्रियाकलापहरू ती मुलुकमा एकदमै कम मात्रामा भएको पाइन्छ।
कांग्रेसलाई सराप्नेहरूको इतिहास
२०१५ सालपछि हुर्किंदै गरेको प्रजातान्त्रिक व्यवस्थालाई परिपक्वतासहित अघि बढाउँदै गरेका बीपी कोइरालाका अघि आफ्नो अस्तित्व नै छायाँमा पर्ने देखेर डराएका महेन्द्रले आफ्नो स्वार्थका लागि पञ्चायती व्यवस्था शुरू गरेका थिए।
प्रचण्डलाई गिरिजाप्रसाद कोइरालाले जीवनको अन्तिम समय ‘देशको जिम्मा तपाईंकै काँधमा छ’ भनेर बिदा हुनुको एउटा कारणले उनी आज पनि ‘एकता सहकार्यको मार्गबाट देश बन्छ, सबै मिलेर जानुपर्छ’ भन्छन्। राजनीतिक स्थिरताका लागि उनी एक निर्विकल्प डायनामिक नेता हुन्। निषेधको राजनीतिले मुलुक समृद्ध बन्दैन।
देशमा एउटै भाषा, एउटै धर्म र त्यसको नेतृत्वमा राजा रहने महेन्द्रीय राष्ट्रवादको जग २०४६ सालको जनआन्दोलनले हल्लाउन सफल भयो। २०५८ सालको नारायणहिटी नरसंहारको पृष्ठभूमिमा २०६३ मा आएर सिंहदरबारले नारायणहिटी दरबारमाथि विजय प्राप्त गर्यो। २०१७ सालमा महेन्द्रले शिलान्यास गरेको पञ्चायती राष्ट्रवादको जग २०६३ मा आएर भत्कियो। जुन बीपीकै विचारमा बाँधिएको कांग्रेसको नेतृत्वमा नारायणहिटी भत्किएको हो।
भौतिकवादको भतभतीले अधकल्चो बनेका नेपालका केही कम्युनिष्टहरू संसदीय मूल्य र मान्यतालाई सुन्न पनि सक्दैनथे। मार्क्सवादलाई रचनात्मक रूप दिँदै मदन भण्डारीले जबजको सृजना गरेको बताएपछि कम्युनिष्ट पार्टीका दोकानहरू झन् मौलाए। प्रचण्डले १० वर्षे जनयुद्ध शुरू गर्दा मदन भण्डारीको जबजलाई दलाल पूँजीवादी र कांग्रेसलाई प्रधान राजनीतिक शत्रुका रूपमा अघि सारेका थिए। भारतमा रहेर नेपालमा जनयुद्ध सञ्चालन गरेका प्रचण्डले बृहत् शान्ति सम्झौता नगरेको भए माओवादीको भाटे समाजवादी यात्रा उहिल्यै अवसान भइसक्थ्यो। यो कुरा स्वयं प्रचण्डले धेरै मञ्चबाट व्यक्त गरेका छन्।
एंगेल्स र कार्ल मार्क्सको द्वन्द्वात्मक भौतिकवादको आवरणमा नेपालमा मात्रै १७ हजार मानिसले ज्यान गुमाए। १३ हजार मन्दिर भत्किए। १ सय ५० भन्दा बढी पुल काटिए, उत्तिकै संख्यामा स्कुल भत्किए। बुर्जुवा शिक्षाका कैयन् किताबहरू खोलामा मिल्किए, झोला बोक्ने पिठ्यूँमा गोली र बन्दुक भिर्नुपर्यो। कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला, प्रचण्ड, माधव नेपालहरूले युद्धलाई शान्तिको गोरेटोमा ल्याए।
नेपालको आजसम्मको इतिहासले कांग्रेसलाई सक्दाे सराप्नेहरू प्रायः को अवसान भएको देखाउँछ! राणा, राजा महेन्द्रको पञ्चायती शासन, माओवादी जनयुद्धको अवरतण यसका उदाहरण हुन्। तथापि प्रचण्डलाई गिरिजाप्रसाद कोइरालाले जीवनको अन्तिम समय ‘देशको जिम्मा तपाईंकै काँधमा छ’ भनेर बिदा हुनुको एउटा कारणले उनी आज पनि ‘एकता सहकार्यको मार्गबाट देश बन्छ, सबै मिलेर जानुपर्छ’ भन्छन्। राजनीतिक स्थिरताका लागि उनी एक निर्विकल्प डायनामिक नेता हुन्।
अन्त्यमा, निषेधको राजनीतिले मुलुक समृद्ध बन्दैन। गालीगलौजको संस्कारले समाज सुसंस्कार हुन सक्दैन। एकअर्काको अस्तित्व स्वीकार गर्न सक्नु नै राजनीतिक संस्कार हो।