वीरगंज – आगामि जेठ १० गतेदेखि २५ गतेसम्म काठमाडौंमा हुने प्रधानमन्त्री कप एक दिवसिय पुरुष क्रिकेट प्रतियोगिताको लागि प्रदेश २ को टिम सार्वजनिक भएको छ। कप्तान बिनाको टोलीमा अधिकांश खेलाडी पर्सा–बाराबाट परेका छन्।
मेहबुब आलम, हासिम अन्सारी, सुधिर चौधरी, कन्जनजंग कार्की, रबी साह, सुरज पटेल, हरिशंकर साह, विशाल शुसलिग, सम्साद शेख, राहुल प्रताप सिंह, विवेक यादव, कुमार थापा, राशिद खान, दिव्यान्सु मल्लिक गरी १४ जना टोलीमा परेका छन्।
यसैगरी व्यवस्थापकमा प्रकाश शर्मा र प्रशिक्षकमा उमेशराज उपाध्याय रहेको मध्यमाञ्चाल क्षेत्रीय खेलकुद विकास समिति नारायणी रंगशाला वीरगंजका अध्यक्ष मानदेव हजाराले जानकारी दिए। टोलीको कप्तानको बारेमा अहिलेसम्म टुङ्गो लागेको छैन्।
हासिम अन्सारी र मेहबुब आलममध्ये एकजनालाई कप्तान बनाइने चर्चा छ। एक महिनाअघि प्रदेश नम्बर २ ले हासिम अन्सारीको कप्तानीमा धनगढिमा आयोजित मुख्यन्त्री कप जितेको थियो।