वीरगञ्ज – बारा प्रहरीले नेपालबाट ठूलो परिमाणमा कुखुराको चल्ला भारततर्फ तस्करी गरिरहेको एउटा गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले सोमबार राति सवा १ बजे बारा सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ बंकुल टोलबाट गिरोहलाई १२ हजार पिस चल्लासहित पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले ना.४ च. ७५७६ र ना. ४ च.६१५१ नं.को पिकअप बोलेरोलाई चेकचाँज गर्ने क्रममा झण्डै ३ लाख मूल्य बराबरका चल्ला बरामद गरेको प्रहरी नायब उपरीक्षक रञ्जतिसिंह राठौरले जानकारी दिए। कुखुराको चल्लासँगै गाडीमा रहेका पाँचजना गिरोहलाई पनि प्रहरीले पक्राउ गरेको छ।
बारा निजगढ नगरपालिका वडा नम्बर ९ बस्ने ३४ वर्षका उद्यकुमार अस्थानी मगर, सोही नगरपालिका वडा नं. ८ बस्ने २३ वर्षका दिनेश गौतम र सोही नगरपालिका वडा नं ९ बस्ने २४ वर्षका धर्मबहादुर अधिकारी, ३३ वर्षका अशोक न्यौपाने, वडा नं ७ बस्ने २६ वर्षका वीरेन्द्र आचार्यलाई पक्राउ गरिएको प्रहरीले जानएको छ। उनीहरुलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ।