काठमाडौँ– तराई/मधेशको पहिचानको प्रचार–प्रसारका लागि डिजिटल प्लेटफर्म मार्फत अन्तराष्ट्रिय अभियान सुरु भएको छ। मधेशको पर्यटन तथा पहिचान विश्वव्यापी रुपमा प्रस्तुत गर्न डिजिटल प्लेटफर्म ‘भिजिट मधेश’ सुरु गरेकाे हाे।
मधेशको पहिचानलाई विश्वव्यापीरुपमा प्रचार प्रसार गर्नका लागि वेबसाइट र मोबाइल एप तयार गरी अभियान संचालन गरेको ‘भिजिट मधेश’का ग्लोबल संयोजक राज सर्राफले बताए।
मधेशको पहिचान गराउदै पर्यटन प्रवर्द्धन गरी मधेशको अर्थतन्त्र बलियो बनाउने, रोजगारी सिर्जना गर्ने, तराई मधेशको २२ वटै जिल्लालाई एकै ठाउँमा जोड्ना लागि अभियान थालिएको सर्राफको भनाई छ।
तराईका सबै जिल्लामा रहेका ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक र प्राकृतिक धरोहरहरुलाई उजागर गर्दै अभियान अगाडि बढिरहेको छ।
जसका लागि केन्द्रीय, प्रादेशिक र प्रत्येक जिल्ला जिल्लामा समिति गठन गरिएको छ। विश्वव्यापी रुममा अभियान अगाडि बढाउँदै करिब एक दर्जन देशहरुमा समिति गठन भएको र अन्य देशमा गठन प्रक्रिया अगाडि बढिरहेको संयोजक सर्राफले बताए ।
नेपालमा राष्ट्रिय संयोजकको रुपमा युवा नेता तथा सामाजिक अभियन्ता ओमप्रकाश सरार्फले नेतृत्व गरिरहेका छन् भने ग्लोबल कोर्डिनेटरको रुपमा अमेरिकाबाट राज सरार्फ नेतृत्व गरिरहेको छ।
पर्यटनसँग सम्बन्धित संघ संस्था एवं बहु तहको सरकारसंग समन्वय एवं सहकार्य गर्दै “भिजिट मधेश नेपाल २०२०“ सफल गर्ने र अभियानलाई निरन्तरता दिइने उनले बताए ।