काठमाडौँ - क्वान्टिन टारन्टिनोद्वारा निर्देशित चलचित्र ‘वान्स अपन अ टाइम इन हलिउड’को ट्रेलर सार्वजनिक भएको छ। यस चलचित्रमा लियोनार्दो दी क्याप्रियो, ब्राड पिटअल पाचिनो, टिम रुथ अनि कर्ट रस्सेललगायतका कलाकारहरूको अभिनय रहेको छ।
जुलाई २६ मा रिलिज हुने सो चलचित्र टारन्टिनोको नवौँ चलचित्र हो। थोरै बनाउने तर राम्रो बनाउने निर्देशकका रूपमा परिचित उनका चलचित्रमा बढी हिंसालाई देखाउने भएका कारण उनलाई विवादित निर्देशकका रूपमा पनि लिइन्छ।