काठमाडौँ – आगामी १७ जेठबाट प्रदर्शनमा आउने फिल्म ’कप्स’ को अफिसियल पोष्टर सार्वजनिक गरेको छ। पोस्टरमा अनुप बिक्रम शाही, सन्दिपा लिम्बु, अनुपा भट्टराई, रामराज क्षेत्री, सम्राट शाक्य र अमित गिरी रहेका छन्।
सम्राट सापकोटाको निर्देशन तथा लेखन रहेको लभस्टोरी फिल्ममा सन्दिपा लिम्बु, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदी लगायतका कलाकारको अभिनय रहेको छ। साथमा अनुप बिक्रम शाही डीएसपीको भूमिकामा रहेका छन्।
राम शाक्यले निर्माण गरेको फिल्म आर्या मुभिज र सारा श्री मुभिजको संयुक्त व्यानरमा निर्माण भएको हो।फिल्ममा सुशन प्रजापतिको छायाँकन, बिजय घिमिरेको संगीत, कविराज गहतराजको नृत्य र बिपिन मल्लको सम्पादन रहेको छ।