काठमाडौँ – गायक तथा गीतकार मातृका आचार्यको तेस्रो गीत ‘मनभित्रको हिमाल’ सार्वजनिक भएको छ। उक्त गीतमा अस्मिता अधिकारी र मातृका आचार्यको नै स्वर रहेको छ।
आचार्यको रचना, शब्द/स्वर रहेको उक्त गीतमा पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ। गायक आचार्यको ‘मनभित्रको हिमाल’ गीत ‘दुई मुटु एउटै पारी’ र ‘घाटमा मलाई’ पछिको तेस्रो सार्वजनिक गीत हो।
यस सार्वजनिक गीतलाई सव्दार्थ म्यूजिक मार्फत सार्वजनिक गरिएको हो।