काठमाडौँ – गायिका तथा सञ्चारकर्मी सुस्मा राईको ‘सुन माया’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।
राईकोे आफ्नै शब्द/स्वर रहेको उक्त गीतमा कल्यान सिंहले संगीत भरेका छन् भने दिनेश श्रेष्ठको एरेन्ज रहेको छ। ईमेज एफएमकी कार्यक्रम प्रस्तोता राई केही समय पहिलेकोे ‘नबाँडन’बाट गायन क्षेत्रमा प्रवेश गरेकी थिइन्।
‘सुन माया’ को भिडियोमा आफैँ अभिनय गरेकी सुस्माले दोस्रो गीतलाई पनि दर्शक श्रोताले मन पराउने विश्वास रहेको बताइन्। विकास दाहालको सम्पादन रहेको कमेडी शैलीको ‘सुन माया’को भिडियो ओएसआर डिजिटलले निर्माण गरेको हो।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/wkGQUm8BU_E