काठमाडाैँ – पछिल्लो समय विदेश पढ्न जाने नेपाली विद्यार्थीको पहिलो रोजाइमा कुनै देश छ भने त्यो हो अस्ट्रेलिया। अस्ट्रेलियामा ठूलो संख्यामा विद्यार्थीहरु अध्ययन गरिरहेका छन् भने कैयौं विद्यार्थी अस्ट्रेलिया जाने तयारीमा छन्।
तर, कतिपय विद्यार्थीले उचित परामर्शको अभावमा दुःख पाइरहेका छन्, नेपालमै होस् वा अस्ट्रेलिया पुगेपछि । जसरी पनि अस्ट्रेलिया जाने ध्याउन्नमा विद्यार्थीहरुले पनि आइपर्न सक्ने सम्भावित चुनौतिबारे बेलैमा बुझ्न खोज्दैनन्। जसले गर्दा अस्ट्रेलियामा विद्यार्थीहरुले दुःख पाउने क्रम बढेको छ।
यही समस्यालाई मध्यनजर गर्दै काठमाडौंको एआईपी कन्सल्टेन्सीले प्रभावकारी परामर्श सेवा प्रदान गर्न थालेको छ। हुन त, यसअघि पनि यो कन्सल्टेन्सीले परामर्श सेवा प्रदान नगरेको होइन। तर, अब भने विद्यार्थीमा बलियो आत्मविश्वास पैदा गर्ने गरी परामर्श सेवा प्रदान गर्न थालेको एआइपी कन्सल्टेन्सिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजन थापाले जानकारी दिए।
उनका अनुसार मे २६ देखि ३१ सम्म काठमाडाैं, बानेश्वरस्थित एआइपीको हलमा ‘अस्ट्रेलियन एड्मिसन विक’ चल्नेछ। बिहान देखि सुरु हुने उक्त परामर्श कक्षामा अभिभावक र विद्यार्थीहरु आफूलाई अनुकुल हुने समयमा सहभागी हुन सक्ने थापाले बताए। विद्यार्थीहरुले स्नातक र स्नातकोत्तर दुवैका लागि परामर्श लिन सक्नेछन्।
आइइएलटिएस र टोफल तयारी गर्नेका लागि पनि ५० प्रतिशत छु्टको व्यवस्था गरिएको थापाले जानकारी दिए। ‘अहिले १२ कक्षा सकेपछि अधिकांश विद्यार्थीको मनस्थिति अस्ट्रेलिया जाने नै हुन्छ। धेरैलाई कुन विश्वविद्यालय पढ्न जाँदै छु भन्ने नै थाहा हुँदैन। त्यसैले अस्ट्रेलिया जानुअघि विद्यार्थीले प्रोसेस गर्नेदेखि आर्थिक र मानसिक रुपमा योजना बनाउन सहयोग गर्ने उद्देश्यले यो अस्ट्रेलियन एड्मीसन विक गर्न लागिएको हो,’ थापाले भने।
काठमाडौंको नयाँ बानेश्वार केन्द्रीय कार्यालय रहेको एआइपीको भुटान र भक्तपुरको सूर्यविनायकमा शाखा छ। एआइपीले आफ्नो स्थापना कालदेखि हरेक वर्ष अस्ट्रेलिया जाने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आएको छ। यस वर्ष लक्ष्यभन्दा बढी अभिभावक र विद्यार्थीको सहभागिता रहने कन्सल्टेन्सिको अपेक्षा छ।