काठमाडौँ – नेपालका चर्चित हास्य कलाकार हरिश निरौला ‘कक्रोज’ र सागर लम्साल ‘बले’ को अभिनयमा नयाँ गीत ‘क्यालकुलेटर’ सार्वजनिक भएको छ। गायक शंकर थापाको स्वर/संगीत रहेको गीतमा डिपी खनालको शब्द रहेको छ भने विजय अधिकारीले पनि स्वरमा साथ दिएका छन्।
गीतको भिडियोमा कमलमणि नेपाल ‘खुपीका बाउ’ र साक्षी संग्रौला मधुसुदन पाठक र गम्भीर विष्ट फिचर्ड रहेका छन्।
त्यसैगरी, भिडियोमा नवीन निरौलाको सम्पादन, नवराज उप्रेतीको छायाँकन रहेको छ भने गम्भीर विष्टको नृत्य/निर्देशन रहेको छ।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/Bbv9KqApxVs