काठमाडौँ– लोकदोहोरी क्षेत्रका सफल सर्जक वसन्त थापा र लक्ष्मी मल्लको स्वरमा ‘लोभी आँखा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। कृष्ण केसीको शब्द रहेको गीतमा थापा आफैँले लय भरेका छन्।
शिव विकको निर्देशन तथा कोरीयोग्राफी रहेको भिडियोमा अभिनेता पुष्प खड्का र अभिनेत्री शिल्पा पोखरेलको अभिनय रहेको छ। गीतको एरेन्ज आशिष अविरलले गरेका हुन्। गीतमा रामेश्वर कार्कीको छायाँकन र विकास ज्ञवालीको सम्पादन रहेको छ। सोे गीतलाई आफ्नो मन नामक युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो।
भिडियाे हेर्नुहाेस्:
https://youtu.be/q7d0gjGFnk4