काठमाडौँ – निर्माता तुलसीलाल नेवाको नयाँ फिल्म ‘झट्का’को पहिलो गीत ‘माया बस्यो रेडिमेड’ सार्वजनिक भएको छ। जेठ ३१ गते रिलिज मिति घोषणा गर्दै फिल्मले सो गीत सार्वजनिक गरेको हो।
रमेश बिसुङ्खेको निर्देशनमा निर्माण भएको फिल्मको गीतमा कलाकार सुरविर पण्डित (दाह्री बा), श्यामलाल श्रेष्ठ र मनिता श्रेष्ठ लगायतका अभिनय रहेको छ। मनिष रेश र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा दिनेश सुवेदीको शब्द र पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ। गीतको कोरियोग्राफी सुरेश पाण्डेले गरेका हुन्।
जीवन पराजुलीको छायाँकन रहेको फिल्मका कार्यकारी निर्मातामा शेखर बिसुङ्खे रहेका छन्। फिल्ममा सुरविर पण्डित, श्याम लाल श्रेष्ठ, रक्षा गुरागाइँ, ईश्वर गुरुङ, मनिता श्रेष्ठ, उमेश बिसुङ्खे, हिक्मत कुवँर, प्रदिप काफ्लेको अभिनय रहेको छ।
भिडियाे हेर्नुहाेस्:
https://youtu.be/nf1fayHlbQE