काठमाडौँ– ‘लिटिल मिस्टर एण्ड मिस २०१९’मा आठ विजेता बालबालिका छानिएका छन्। बालकुमारीस्थित म्यूजिक सिटीहलमा सम्पन्न प्रतियोगितामा मोक्क्षा अधिकारी, अप्सरा दुलाल, सिमोन पुन, सक्षम थापा, कृष्ण बुढाथोकी, कुसल न्यौपाने, करिष्मा सुवेदी र बिपुल श्रेष्ठ विजेता चुनिएका हुन्।
प्रतियोगितामा पूर्व मिस नेपाल सुगरिका केसी, मिस्टर नेपाल २०१८ विकल्प राज श्रेष्ठ, मिस राजधानी २०१७ शर्मिला सापकोटा र प्रविना श्रेष्ठलगायत निर्णायक रहेका थिए।
सबै विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘लिटिल मिस्टर एण्ड मिस युनिभर्सल २०१९’मा सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ।