काठमाडौँ – मुलुकभरका सामुदायिक विद्यालयमा देखिएको शिक्षक अभाव टार्न सरकारले शिक्षण स्वयंसेवक खटाउने भएको छ। अर्थमन्त्री युवराज खतिवडाले संसद्मा २०७६/७७ को बजेठ पेस गर्दै स्नातक र स्नातकोत्तर विद्यार्थीलाई शिक्षण स्ववयसेवकका रुपमा खटाइने जनाए।
यसका लागि १ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ। धेरै विद्यार्थी, थोरै शिक्षक भएका विद्यालयमा यस्ता शिक्षक नियुक्त गरिनेछ। शिक्षण सिकाई सहयोग अनुदान कार्यक्रममार्फत शिक्षण स्वयंसेवक परिचालन गर्न लागिएको हो। सामुदायिक विद्यालयहरुमा अंग्रेजी गणित र विज्ञान विषयका शिक्षकको बढी अभाव छ।
मन्त्री खतिवडाले विज्ञान प्रविधिसहित शिक्षा क्षेत्रका लागि १ खर्ब ६३ अर्ब ७६ करोडको बजेट प्रस्तुत गरेका छन्। जुन गत बर्षभन्दा करिब २९ अर्बले बढी हो। यो समाचार कान्तिपुर दैनिकले छापेको छ।