काठमाडाैँ - राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणहिटी दरबार सङ्ग्रहालयस्थित नवनिर्मित गणतन्त्र स्मारकको बुधबार साँझ विशेष समारोहका बीच अनावरण गरेकी छन्। समारोहमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, मन्त्रिगणलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो।
करिब ३५ रोपनी जग्गामा निर्मित स्मारकमा गणतन्त्र स्थापनाका लागि ज्यान गुमाएका, घाइते, बेपत्ता र गणतन्त्रका योद्धाका स्मृतिमा चार स्तम्भ राखिएको छ। स्तम्भहरुलाई कलात्मक रुपमा एकापसमा जोडिएको छ भने रातो रङले सजाइएको छ। उक्त रङले आन्दोलनकारीको रगत खेर गएको छैन भन्ने सन्देश दिने गेलालले जानकारी दिए।
गणतन्त्र स्मारकअन्तर्गत सङ्ग्रहालयमा विसं २००७ सालअघिको मुक्तिमोर्चाको कारवाही, २००७ सालको क्रान्ति र प्रजातन्त्र घोषणा, २०१५ सालको आमनिर्वाचन र शपथ, २०३६ सालको जनमतसङ्ग्रह घोषणा र आमसभा, २०४६ सालको जनआन्दोलन, राजा ज्ञानेन्द्रको समयमा भएको आन्दोलनलगायत २०६२/०६३ को दोस्रो जनआन्दोलनका तस्वीर राखिएका छन्।
तस्बिरहरू: मुकुन्द कालिकोटे।