काठमाडौँ– कलाकार सुरक्षा पन्तको डेब्यु नाटक ‘क्लेशा’ आजबाट मण्डला थिएटरमा मञ्चन हुने भएको छ। राम, सीता र रावणको सम्बन्ध र संघर्षलाई देखार्ईएको नाटक ‘क्लेशा’ गार्मिक पुस्तक रामायणको रिटेलिङ हो।
बिजया कार्कीको निर्देशनमा बनेको नाटकले यात्रामा आउने दुख अवरोधका साथसाथै ४० वर्ष अगाडिको नेपालको तराई भूभाग र परिस्थितिबारे उल्लेख गरेकाे कलाकार सुरक्षाले बताइन्।
नाटकमा सुरक्षासँगै कुशल पाण्डे, प्रतीक मरहट्टा, सुदीप खतिवडा, रुजु शर्मा लगायतले अभिनय गरेका छन्। निर्देशक बिजयाले नाटकको प्रोमोसमेत निर्माण गरेका छन्, जुन नाटकको क्षेत्रमा नयाँ प्रयोग हो।
असार ८ गतेसम्म मञ्चन हुने नाटक सोमबारबाहेक हरेक दिन साँझ साढे ५ बजे मञ्चन हुनेछ। शनिबार भने दिउँसो १ बजे र साँझ साढे ५ बजे दुई पटक मञ्चन हुनेछ।