काठमाडौँ– चलचित्र ‘प्रेमदिवस’को शीर्ष गीत सार्वजनिक भएको छ। सुरज तामाङ र शैलु आरएल सिंहले आवाज दिएको यो गीतमा सन्तोष पोखरेलको शब्द रहेको छ।
रियल मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता संजय न्यौपाने हुन्। गीतमा करणराज कार्कीले संगीत भरेका छन्। जेठ ३१ गतेबाट रिलिज हुने भनेको यो चलचित्रलाई योगेश घिमिरेले निर्देशन गरेका हुन्। चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, विशाल खरेल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।
प्रदिप भारद्धाजको लेखन रहेको चलचित्रमा कविराज गहतराको कोरियोग्राफी, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन र मानकृष्ण महर्जनको छायाँकन रहेको छ।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/lIc1IgIe12A