काठमाडौँ – ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ। परिषद्को यही जेठ २५ गते हुन लागेको निर्वाचनका लागि प्रकाशनरसिंह राणा, अर्जुनलाल प्रधान र समीर गुरुङले उम्मेदवारी दर्ता गराएको परिषदका पूर्वअध्यक्ष रामशरण थपलियाले जानकारी दिएका छन्।
यस्तै, तीन उपाध्यक्ष पदका लागि राजुमान डङ्गोल, भवीश्वर शर्मा, गीता गुरुङ, महेश महर्जन, टासी गुरुङ, पाल्साङ गुरुङ, रत्नप्रसाद दुलाल, गोविन्दप्रसाद पन्थ र सुनिता श्रेष्ठको उम्मेदवारी परेको छ। महासचिव पदका लागि ध्रुव अधिकारी, सहदेव धमला र नारायण खनालको उम्मेदवारी दर्ता भएको छ।
सचिव पदका लागि दवाङ तामाङ, बद्रीप्रसाद तिमल्सिना र रामचन्द्र गिरी तथा कोषाध्यक्ष पदका लागि रामकुमार थपलिया, पुण्यराम लागेजु र रामशरण ढकालले मनाेनयन दर्ता गराएका छन्। सदस्य आठ पदका लागि भने १८ को उम्मेदवारी परेको पूर्वअध्यक्ष थपलियाले बताए। शनिबार हुने निर्वाचनमा ८ सय १२ ले मताधिकार प्रयोग गर्ने परिषदले जनाएको छ। (रासस)