काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नवनिर्मित हवाई जहाज पार्किङ स्थल सञ्चालनमा आएको छ। बिहीबार पर्यटन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले रिबन काटेर जहाज पार्किङ स्थलको उद्घाटन गरे।
विमानस्थलमा पर्याप्त पार्किङ सुविधा नहुँदा अन्तर्राष्ट्रिय उडानबाट आउने जहाजहरूले आकाशमा फन्को मारेर अवतरणको लागि कुरेर बस्नुपर्ने समस्या झेल्दै आएका थिए।
उक्त पार्किङ स्थल टुन्डी–लामा समानान्तर जेभी निर्माण कम्पनी र ए वान विल्डर्स कम्पनीले चार वर्ष लगाएर बनाएको हो। यसको कुल लागत ४४ करोड ५० लाख ४३ हजार सात सय २८ रहेको निर्माण कम्पनीले जनाएको छ।
विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले नयाँ बनेको पार्किङले जहाजले आकाशमा होल्ड भएर बस्नु पर्ने समस्या अन्त्य हुने दाबी गरे।