काठमाडौँ – ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाशनरसिंह राणा निर्वाचित हुनुभएको छ । परिषद्को आज (आइतबार) बिहान सम्पन्न मतगणनाअनुसार अध्यक्षका अर्का प्रत्यासी अर्जुनलाल प्रधानलाई पराजित गर्दैै राणा निर्वाचित हुनुभएको हो।
अध्यक्ष राणाले ३ सय ३३ मत प्राप्त गरेका थिए थियो भने अर्को अध्यक्षका उम्मेदवार प्रधानले २ सय १३ तथा समीर गुरुङले ३६ मत प्राप्त गरेका थिए। यस्तै उपाध्यक्षमा राणा समूहबाट राजुमान डङ्गोल, भवीश्वर शर्मा र गीता गुरुङ निर्वाचित भएका छन्। महासचिव पनि राणा समूहकै धुव्र अधिकारी निर्वाचित भएका छन्। सचिव र कोषाध्यक्षमा प्रधान समूहका बद्रीप्रसाद तिमल्सेना र पुण्यराम लगेजु निर्वाचित भएका छन्।
यस्तै सदस्यमा राणा समूहका दिनेश श्रेष्ठ, राजेन्द्रबहादुर दुलाल, स्वप्निल शर्मा, रुपेश गुरुङ, कर्म घले, केशवकुमार बस्नेत, सुरेन्द्र श्रेष्ठ र प्रधान समूहका नरेन्द्रबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको परिषद्का पूर्वअध्यक्ष रामशरण थपलियाले जानकारी दिए।
नवनिर्वाचित अध्यक्ष राणाले ठमेललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आफू लागिपर्ने बताए। “ठमेलका स्थानीय बासिन्दा र व्यवसायीको सम्बन्धलाई थप प्रगाढ बनाउन मेरो कार्यसमिति लाग्नेछ,” उनले भने। उनले स्थानीय सरकारको समन्वयमा नमुना ठमेल निर्माणका लागि आफू लाग्ने उल्लेख गरे।
निर्वािचत पदधिकारीकाे प्राप्त मत परिणाम
