काठमाडौँ, ३० पुस – नेपाली चलचित्र ‘प्रसाद’को विशेष शो यूकेमा आयोजना गरिएको छ। चलचित्रको विशेष शोमा नायिका नम्रता श्रेष्ठले सहभागिता जनाएकी थिइन्। दर्शकको बढ्दो माहोलमा नम्रता रातो साडीमा पुगेकी हुन्। नम्रताका साथ नायिका जसिता गुरुङ, नायक धिरज मगर र निर्देशक रेनशा वान्तवा राई पनि त्यहाँ पुगेका थिए।
दिनेश राउतले निर्देशन गरेको यस चलचित्रमा निःसन्तान दम्पतीको कथावस्तु प्रस्तुत गरिएको छ। नायिका नम्रता, विपिन कार्की र निश्चल बस्नेतको मुख्य भूमिका रहेको यस चलचित्रको कथावस्तुले नेपालमा राम्राे प्रतिक्रिया पाएको थियो भने यूकेका दर्शकले पनि रुचाएका छन्।
निर्देशक रेनशाले आफ्नो चलचित्र ‘आई एम ट्वान्टी वान्’मा जसिता र धिरजलाई जोडीका रूपमा लिने चर्चा छ। २ वर्ष अगाडि प्रेम सम्बन्धबाट अलग रहेका धिरज र जसिता एकसाथ कार्यक्रममा उपस्थित भएका हुन्। चलचित्र ‘आई एम ट्वान्टी वान्’मा जसिता र धिरजलाई लिने तयारी निर्देशकको भए पनि जसिताले भने चलचित्रमा साइन गरेकी छैनन्।