काठमाडौँ – यति एयरलायन्सको प्रबन्ध निर्देशक (एमडी)मा चन्दा शेर्पा नियुक्त भएकी छन्। गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा यति एयरलायन्सका मालिक आङछिरिङ शेर्पाको निधन भएपछि खाली रहेको उक्त पदमा शेर्पा नियुक्त भएकी हुन्।
पर्यटन र उड्ययन क्षेत्रमा आबद्ध शेर्पाको बाँकी जिम्मेवारी कस्ले सम्हाल्ने भन्ने जिज्ञासाका बीच यति एयरलायन्स संचालक समतिले स्वर्गीय शेर्पाकी पत्नी चन्दालाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।
यसअघि एयरलायन्सको अध्यक्षमा लाक्पा सोनाम शेर्पा थिए। उनी आङछिरिङका दाइ हुन्। अहिले सोनाम कार्यकारी अध्यक्ष बनेका छन् भने नोर्बुछिरिङ शेर्पालाई डिएमडीको जिम्मेवारी दिइएको छ। विजयबहादुर श्रेष्ठलाई यति समूहको कार्यकारी निर्देशक, उमेशचन्द्र राईलाई प्रमुख कार्यकारी अधिकृत र अनोज रिमाललाई आर्थिक निर्देशक नियुक्त गरिएको छ।
चन्दा यसअघि यति एडभेन्चरकी प्रमुख थिइन। उनले यति समुहको विभिन्न पदमा रहेर काम गरिरहेकी थिइन।