काठमाडौँ – नेपाली कांग्रेसको शुभेच्छुक संघ नेपाल सांस्कृतिक संघले यही जेठ ३१ र ३२ गते हेटौंडामा नेपाल सांस्कृतिक संघ जिल्ला सभापति (७७ वटै जिल्लाका) र विद्यागत संघका सभापतिहरुको राष्ट्रिय प्रशिक्षण भेलाको आयोजना गर्ने भएको छ। मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले उक्त भेलाको कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्धघाट्न गर्नेसंघले जनाएको छ।
हेटौंडा मकवानपुरमा हुने कार्यक्रममा ७७ वटै जिल्ला सांस्कृतिक संघका सभापति र विद्यागत संघका सभापतिहरुको राष्ट्रिय प्रशिक्षण भेलामार्फत देशव्यापी रुपमा सम्पूर्ण स्रष्टा, संस्कृतिकर्मीहरुको सुरक्षा, सम्मान र पहिचानका लागि ऐक्यबद्धता जाहेर गर्ने पनि संघले जनाएको छ।
संघका सभापति तीर्थबहादुर थापाले उक्त राष्ट्रिय प्रशिक्षणमा भेलाका माध्यमबाट गाउँ नगर, क्षेत्र, जिल्ला, केन्द्र र प्रदेशस्तरीय सांगठनिक संरचनालाई अझ गतिशिल र रचनात्मक बनाउन संघ लागिरहेको बताए। उनले कलाकार तथा स्रष्टाहरुको हकहित पहिचानको लागि उक्त कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे।
संघका महामन्त्री दुर्गा बहादुर रायमाझीले राष्ट्रिय प्रशिक्षण भेला फलदायी हुने दाबी गरे।