काठमाडौँ– गीतमा चर्चित गायक देवेन्द्र कार्कीको स्वर रहेको ‘ए सरकार–२’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। हेटाैँडाका गीतकार, साहित्यकार तथा पत्रकार गिरिजा अधिकारीको शब्द रहेको उक्त गीतमा विकास पाण्डेले संगीत भरेका छन्।
जनतालाई हातमुख जोड्न कठिन भएको, युवा बाध्य भएर विदेशिनुपरेको, रेमिट्यान्सबाट देश चलाउनुपरेका जस्ता कुरालाई गीतमा समेटिएको छ। यसअघि अधिकारीकै ‘ए सरकार’ नामक गीत चर्चित भएको थियो। गीतको सफलतालाई ध्यान दिएर अधिकारीले दोस्रो भाग पनि बजारमा सार्वजनिक गरेका हुन्।
निर्मल कुमार लामाको निर्देशन रहेको भिडियोमा चर्चित डान्स क्रियू ‘भिमफेदी गाइज’ टिमको अभिनय रहेको छ। रिकेश गुरुङको एरेन्ज र मिक्सिङ रहेको गीतलाई भीमफेदी गाइजकै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/DBKT3lBy_5g