काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद नवराज सिलवालले शिक्षामा आमूल परिवर्तनको खाँचो रहेको औँल्याएका छन्। उनले हिजाे बिहीबार संसदमा शिक्षा मन्त्रालयले विनियोजन गरेको बजेटका विषयमा आफ्नो धारणा राख्दै गुणस्तरीय शिक्षामा जोडदिनुपर्ने बताए।
सांसद सिलवालले आर्थिक समृद्धिको पहिलो आधार शिक्षा भएको भन्दै गुणस्तरीय शिक्षामा जोडदिनुपर्ने बताए। उनले अहिले नेपालको विकास आयोजनामा बजेट भए पनि सम्पन्न नहुने र कार्यान्वयन गर्न कठिन हुनुमा कमजाेर शिक्षा नै रहेको बताए। उनले नेपालमा शैक्षिक गुणस्तरको स्तर बढाउन सके मात्र नेपालले समृद्धिको बाटो तय गर्न सक्ने बताए।
उनले भने, ‘अहिले हाम्रो समाजमा हाम्रा विद्यालयहरूले दुई किसिमका नागरिक उत्पादन गरिरहेको छ।’ ‘निजीक्षेत्रले अंग्रेजी विषय पढाएर विदेशमा जाने र उतै हराउने खालका नागरिक उत्पादन गरिरहेको छ भने सामुदायिक विद्यालयले अर्कै खालको उत्पादन गरिरहेको छ। यो परिपाटीलाई अन्त्य गरी यहीँ बसेर केही गर्नसक्ने खालको शिक्षामा जोड दिन आवश्यक छ, नैतिक नागरिक निर्माणमा लागाैँ, उनले भने।
सांसद सिलवालले कतै विद्यालयमा शिक्षक बढी र कतै थोरै भइरहेको भन्दै शिक्षकको दरबन्दी मिलान र विद्यालयलाई गाभेर एकीकृत गर्नुपर्नेमा उनकाे जोड थियाे।