काठमाडौँ – निरन्तर शनिबारको नियमित रचनावाचन शृङ्खलामा अतिथिको रुपना कवि मोहराज शर्मा र गजलकार धनराज वास्तविक गुञ्जिएका छन्।
कार्यक्रममा गजलकार तथा पत्रकार वास्तविकले समाज परिवर्तनमा साहित्य महत्वपूर्ण भूमिका रहने बताए। उनले समाजलाई परिवर्तनको राजमार्गमा डोर्याउन साहित्यले भूमिका खेल्नुपर्नेमा जोड दिए। साहित्य काल्पनिकभन्दा पनि यर्थातमा केन्द्रित हुनुपर्ने उनको भनाई थियो।
त्यसै गरि कवि शर्माले संस्कृति, संस्कार र मौलिकता जोगाउन कलम चलाउनेहरुको ठूलो भुमिका हुने बताए। दुवै कवि पत्रकारले कार्यक्रममा आधा आधा दर्जन आफ्ना रचना सुनाएका थिए।
कार्यक्रम डिल्लीराम सुवेदीको संयोजनमा प्रत्येक शनिबार काठमाडौंको प्रदर्शनीमार्ग स्थित वाल्मीकि क्याम्पसमा सन्चालन हुँदै आइरहेको छ।
कार्यक्रममा पूर्णिमा प्रतिविम्ब, केवल कार्की, सुवास पराजुली, ईश्वर थापा, सुदर्शन शर्मा, सोझो गाउँले, उर्मिला पन्त पाण्डे, प्रज्वल अधिकारी, एरिका सुवेदी, तुल्सी गिरी, रामप्रसाद जोशी, आरध्या गिरि, रत्न विरही धिमिरे, होमराज ढुङ्गेल लगायतले आँ—आफ्ना रचनाहरु कविता, गीत, गजल, मुक्तक सुनाएका थिए। उक्त कार्यक्रम रेडियो अन्नपूर्ण ९४ मेगाहर्जबाट आउँदो शनिबार बिहान सात बजे प्रसारण हुनेछ।