काठमाडौँ– चर्चित गायिका विद्या तिवारी र गायक सुमन केसीको स्वरमा नयाँ गीत ‘झुम्का’ सार्वजनिक भएको छ। अम्बिका गौतमको शब्द रहेको गीतमा वसन्त सापकोटाको संगीत रहेको छ। यस्तै, गीतमा उदयराज पौडेलले संगीत संयोजन गरेका छन्।
पुष्पा खड्का र एलिशा शर्माको अभिनय रहेको उक्त गीतको भिडियोमा मनोज पौडेलले छायाँकन गरेका हुन्। शान थापाको निर्देशनमा तयार भएको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्। साथै, गीतको भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/AH8U5Duy7qc