काठमाडौँ– मकवानपुरका चर्चित गायक अशोक तामाङ र गायिका जस्मिन तामाङको स्वरमा ‘बोर्ला ङाई याम्बुरी’ बोलको तामाङ गीत सार्वजनिक भएको छ। अशोक र जस्मिन दुवैको शब्द रहेको गीतमा अशोकले नै संगीत भरेका छन्। अभि लामाको निर्देशनमा तयार भएको भिडियोमा अशोक तामाङ र अनिता गोलेको मुख्य अभिनय रहेको छ।
सूर्य लामाले सम्पादन गरेको गीतलाई कुमार रानाले मिक्सिङ गरेका हुन्। विश्वास नेपालको एरेञ्जमा तयार भएको गीतलाई जिग्मे मिडियाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/jDOIIcXdQRk