काठमाडौँ– चर्चित गायक सुरज श्रेष्ठको स्वरमा ‘जिस्काउँछे मुइयाले’ बोलको गीत सार्वजनिक भएको छ। दिपक शर्माको शब्द/संगीत रहेको गीतमा ‘द कार्टुन क्रु’ का सरोज अधिकारी र आश्मा विश्वकर्माका साथमा लाक्पा डी लामा, राम घले, सुविन चौहान, साजन चौहान लगायतको अभिनय रहेको छ।
प्रेमी-प्रेमिका बीचको मायाप्रेम र रोमान्सलाई मुख्य विषय बनाई तयार पारिएको गीतमा प्रेमिकाले मुखले नबोलाई आँखाले बोलाउने कुरा गर्दा कलाकारहरू राम्रोसँग खुलेको देख्न सकिन्छ। भिडियोको निर्देशन सरोज अधिकारीले गरेका हुन्। भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन, लाक्पा डी लामाको सम्पादन र ‘द कार्टुन क्रु’ को कोरियोग्राफी रहेको छ।
भिडियाे हेर्न तलको लिंक खोल्नुहाेस्ः
https://youtu.be/PoDKnadr-r0