काठमाडौँ– लोकसेवा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापनको दरखास्त दिने म्याद असार १० गतेसम्मका लागि थप गरेको छ।
अनलाइनबाट आवेदन दिनेको संख्या बढी भएका कारण सर्भरमा समस्या आएको गुनासो बढेपछि म्याद थप गरिएको आयोगले विज्ञप्तिमार्फत जानकारी गराएको छ। दोब्बर दस्तुर तिरेर त्यसको एक सातापछिसम्म आवेदन बुझाउन सकिने लोकसेवा आयोगको केन्द्रीय कार्यालयले जनाएको छ।
