काठमाडौँ – चर्चित गायिका टिका प्रसाई, गायक नविन रावल र मिलन विष्टको स्वरमा ‘चिया भन्दा कित्तली गरम’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। मिलन विष्टको शब्द रहेको गीतमा नवीन रावलको संगीत रहेको छ भने साहस शाक्यले संगीत संयोजन गरेका छन्। राजीव समरको निर्देशनमा तयार भएको भिडियोमा जीवेश सिङ गुरुङ, रियासा दाहाल र कञ्चन खड्काको अभिनय रहेको छ।
युवापुस्तामाझ हुने माया प्रेम र घातको कुरा जीवन्त रूपमा प्रस्तुत गरिएकाे उक्त गीतमा मायाको भाव समावेश गरिएको छ।भिडियो अर्जुन तिवारीले छायांकन गरेका हुन् भने पवन सुस्लिङले सम्पादन गरेका छन्।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/exvcyN0yXvA