काठमाडौँ – गायक हेम मोक्तान (तामाङ) र गायिका प्रबिशा अभिकारीको स्वरमा ‘लाखौँ सपना’ बोलको गीत सार्वजनिक भएको छ। हेम मोक्तानको नै शब्द रहेको गीतमा तारा प्रकाश लिम्बुको संगीत रहेको छ।
यस गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका छन्। उक्त गीतको भिडियोमा चर्चित नायक आकाश श्रेष्ठ र नायिका वर्षा शिवाकोटीले अभिनय गरेका छन्। भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका छन् भने राज महर्जनले भिडियोको कोरियाग्राफी गरेका छन्। यस्तै, टेकेन्द्र शाहको सम्पादन रहेको गीतमा चर्चित फिल्म निर्देशक मिलन चाम्सले निर्देशन गरेका छन्।
भिडियो हेर्नुहोस्ः
https://youtu.be/n9KP69GJlsM