काठमाडौँ– योगेश काजी र योङ्ग मिनिस्टरको स्वर रहेको र्याप गीत ‘जन आक्रोश’ बजारमा आएको छ। योङ्ग मिनिस्टरको शब्द रहेको गीतमा योगेशको संगीत रहेको छ। गीतमा देशको वर्तमान अव्यवस्था लाई लिएर युवामा बढ्दो आक्रोश प्रस्तुत गरिएको छ।
देशको वर्तमान अवस्थालाई युवा पुस्ताले महसुस गरेको कुरा गीतबाट प्रस्तुत गरिएको छ। विक्रम आदित्य शाहको निर्देशन रहेको गीतको भिडियोमा योगेश र योङ्ग मिनिस्टरकै अभिनय रहेको छ। वीरेन्द्र भाट विपिनले छायाँकन गरेको भिडियोलाई विक्रम आदित्य शाहले सम्पादन गरेका हुन्।
भिडियाे हेर्नुहाे्स्:
https://youtu.be/eAQKWyZkmwM