काठमाडौँ - नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले बृहत शैक्षिक मेला आयोजना गर्ने भएको छ। उक्त मेला आगामी असार २६ देखि २९ गतेसम्म चल्ने आयोजकले जानकारी दिएका छन्।
आयोजकका अनुसार मेलामा विभिन्न देशका शैक्षिक संस्था तथा संस्थाका प्रतिनिधि सहभागी हुनेछन्। राजधानीको भृकुटीमण्डपमा आयोजना हुने मेलामा १ लाखभन्दा बढी विद्यार्थी तथा अभिभावकले मेलाकाे अवलोकन गर्ने आयोजककाे दाबी छ। मेलामा अष्ट्रेलिया, यूके, भारत, जापान, जर्मनी, चीन, यूरोप, अमेरिकालगायत देशका प्रतिनिधि सहभागी हुनेछन्।