काठमाडाैँ – सरिता श्रेष्ठ र राजन श्रेष्ठको आवाजमा तयार भएको मौलिक लोकलयमा आधारित ‘प्यारो ओखलढुङ्गा’ गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा शब्द तथा लय सरिता श्रेष्ठकाे रहेकाे छ।
ओखलढुङगा जिल्लाका विभिन्न रमणीय स्थानहरुको वर्णन गीतमा गरिएको छ। दिनेश मुस्कानको छायाँकन तथा सम्पादन रहेको गीतमा निशान एसकेको कोरियोग्राफी रहेको छ। भिडियोलाई अर्जुन पन्तले निर्देशन गरेका हुन्।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/meBOoX4nB8s